आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा फेरि बने संसदीय दलको नेता, ३९ मतले गगन पराजित

देउवा फेरि बने संसदीय दलको नेता, ३९ मतले गगन पराजित

  • मिडिया डबली
  • बुधवार, पौष ६ २०७९

  • 3.5K
    SHARES

  • देउवा फेरि बने संसदीय दलको नेता, ३९ मतले गगन पराजित

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता बनेका छन् ।

    लोकतान्त्रिक पद्धतिअनुसार परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएका महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान सम्पन्न मतगणनामा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मतमात्रै पाए । प्रतिनिधि सभाका कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका थिए ।

    निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि आधा घण्टा ढिला गरी मतदान भएको थियो ।

    तर मतदान भने तोकिएको समयभित्रै सकिएको थियो । मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान समयमै शुरु हुन सकेको थिएन ।

    निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुषाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए ।

    तर देउवा पक्षको बहुमतका कारण नियम विपरीत मोबाइल मतदान स्थलमा लगिएको छ । योसँगै देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । कांग्रेस संसदीय दलको सबैभन्दा ठूलो दल हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबारभित्रै सरकार गठनका लागि दावेदारी दिन दलहरुलाई आग्रह गरेकी छिन् ।

    congress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend