विराटनगर– नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो ।
संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय भीम पराजुली संसदीय दलको नेताको आकांक्षी छन् । डा. शेखर कोइराला प्यानलबाट केदार कार्की दलको नेताको दाबेदार छन् ।
प्रदेश सभापति थापाका अनुसार प्रदेश १ को संसदीय दलको बैठक ११ गते भित्र बस्नेछ । दलको बैठकले निर्वाचन समिति बनाएपछि प्रक्रिया अघि बढ्ने उनले बताए । उनले निर्वाचनको सम्भावना रहेको बताए ।
प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सिट जितेको प्रदेश १ मा देउवापक्ष ठूलो छ । मुख्यमन्त्रीका दाबेदार अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना देउवा प्यानलमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।