काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । कांग्रेसको केन्द्रमा संसदीय दलको निर्वाचन बुधबार हुँदैछ ।
‘बागमती प्रदेश संसदीय दलको नेता छनौटका विषयमा छलफलका लागि आज कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको छ,’ रुवालीले भने, ‘बैठकले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलको नेताको भोलि हुने निर्वाचन पछि तोक्ने निर्णय गरेको छ ।’ बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।