आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क कति? 

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क कति? 

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 2.3K
    SHARES

  • कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क कति? 

    काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।

    दलको नेता चयन गर्न भोलि  हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

    उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिए ।

    संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend