काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।
सोमबार बसेको निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिको संयोजकमा भीष्मराज आङदेम्बे र सदस्यमा पुष्पा भुसाल तथा प्रकाश स्नेही छन् ।
पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् । कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले इच्छा देखाएका छन् । कांग्रेसमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।