आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

कांग्रेस र एमाले मिले प्रचण्डको राजनीति के होला?

कांग्रेस र एमाले मिले प्रचण्डको राजनीति के होला?

  • मिडिया डबली
  • सोमवार, पौष ४ २०७९

  • 3.2K
    SHARES

  • कांग्रेस र एमाले मिले प्रचण्डको राजनीति के होला?

    काठमाडौं- नेपाली कांग्रेसको गठबन्धनमा रहेर निर्वाचनमा गइसकेपछि र कांग्रेस नै सबैभन्दा ठूलो दल भएपछि सरकार बनाउने दाबी पहिले कांग्रेसलाई नै रहन्छ । तर, अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रले धेरैलाई चकित तुल्याएको छ । उनले आफू प्रधानमन्त्री बन्ने ध्याउन्नमा एमालेसँग पनि संवाद अघि बढाएका छन् । जसले कांग्रेसलाई झस्काएको छ ।

    हुन त नेपाली कांग्रेससँग पनि एमालेसँग मिलेर जाने विकल्प छ । पाँच वर्षे बलियो र स्थिर सरकारका लागि यो पनि भरपर्दो विकल्पमा मानिएको छ । तर, गठबन्धनमै रहेर चुनावमा गइसकेपछि गठबन्धन तोड्न कांग्रेसलाई नैतिकताले पनि दिँदैन । प्रचण्डमा भने नैतिकताको कुनै मूल्य नै छैन । आफ्नो र परिवारको स्वार्थका लागि उनी जोसँग पनि मिलिदिन सक्छन् ।

    पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्र«पति बनाउने भनेर प्रचण्डले अन्तिममा धोका दिए । यदि प्रचण्डले त्यसरी आश्वासन नदिएको भए कोइरालाले देशभरिका चुनावी सभामा सम्बोधन गर्थे । कांग्रेसको जनमत घट्दैनथ्यो । तर प्रचण्डले अन्तिममा रामराजाप्रसाद सिंहलाई राष्ट्र«पतिको उम्मेदवार बनाए । जसकारण कांग्रेस र एमाले मिलेर रामवरण यादवलाई उठाए । र, चुनाव जिते पनि ।

    २०७४ को निर्वाचनका बेला पनि प्रचण्डले कांग्रेसमाथि ठूलै घात गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारमा बसेर, स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिलेर आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख जिताएर अन्तिममा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले एमालेसँग चुनावी तालमेल गरे । वाम एकता भन्दै चुनावमा गए । र, पछि एमालेसँग पार्टी नै एकता गरे ।

    तर जालझेल र षड्यन्त्रका पर्याय प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सत्ता सहकार्य लामो समय टिकेन । अन्ततः साढे तीन वर्षमै ओलीसँग उनको सम्बन्ध तोडियो । अन्तिममा रुँदैकराउँदै कांग्रेसको शरणमा आए । कांग्रेससँग मिलेर साढे एक वर्षदेखि सरकारमा छन् । कांग्रेसकै मतले स्थानीय तह र प्रतिनिधिसभामा माओवादीले आफूलाई तेस्रो शक्तिमा स्थापित गरेको मात्र छैन, प्रदेश र केन्द्रमा सरकारको चाबीसमेत आफैंसँग राखेको छ । अहिले सरकार बनाउने बेला फेरि प्रचण्डले कांग्रेसमाथि घात गर्ने संकेत र सम्भावना देखिइसकेको छ । त्यही भएर कांग्रेस सभापति देउवाले पार्टीको संसदीय दलको निर्वाचनपछि मात्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने छलफल सुरु हुने भन्दै पठाइदिएका छन् ।

    नेपालका नेताहरुमध्ये सबैभन्दा अस्थिर र दोधारे चरित्र भएका प्रचण्डले फेरि एकपटक नेपाली कांग्रेसलाई घात गर्ने तयारी गरेका छन् । त्यसका लागि अहिले उनले समानान्तर छलफल र संवाद अघि बढाएका छन् ।निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सत्ताको चाबी माओवादीमै रहेको देखिएपछि प्रचण्डको बार्गेनिङ पावर बढेको हो । त्यही भएर उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेर आफ्नो स्वार्थका लागि जस्तो पनि ‘मुभ’ चाल्न सक्ने उनले संकेत गरेका छन् ।

    यदि सबै पार्टी एक्लाएक्लै निर्वाचनमा गएको भए कस्तो नतिजा आउँथ्यो यसै भन्न सकिन्नथ्यो । तर माओवादी भने पाँच सात सिटमै सीमित हुने निश्चित थियो । कांग्रेसले अहिलेको भन्दा एक सिट भए पनि बढी जित्थ्यो । एमाले र कांग्रेस हाराहारीमा आउँथे । राप्रपा र राष्ट्रि«य स्वतन्त्र पार्टीको यति हाईहाई हुन्नथ्यो । तर कांग्रेसकै बुईमा चढेर अहिले प्रचण्ड कांग्रेसलाई नै लात हान्ने अवस्थामा देखिएकाले आगामी निर्वाचनमा उनको पार्टीको हालत के होला यसै भन्न सकिन्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend