काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ । बैठकमा चाँडै संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेताको चुनाव आगामी बुधबार हुने बताएका थिए । कांग्रेसमा दलकाे नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले इच्छा राखेका छन् ।
यस्तै, कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यकता रणनीति बनाउन तथा अन्य दलहरूसँग वार्ता गर्न प्रदेश समितिलाई अधिकार दिएको छ । कार्यसम्पादन समितिको बैठकले प्रदेश समितिलाई यस्तो अधिकार प्रत्यायोजन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न निर्देशन दिएको उनले बताए । केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिहरूले आ आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउन बाटो खुला भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।