आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्री अर्कै दलबाट बने कांग्रेसले राष्ट्रपति र सभामुख पाउने, अर्जुननरसिंहको भाग्य खुल्ने

प्रधानमन्त्री अर्कै दलबाट बने कांग्रेसले राष्ट्रपति र सभामुख पाउने, अर्जुननरसिंहको भाग्य खुल्ने

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 3.1K
    SHARES

  • प्रधानमन्त्री अर्कै दलबाट बने कांग्रेसले राष्ट्रपति र सभामुख पाउने, अर्जुननरसिंहको भाग्य खुल्ने

    काठमाडौं - सत्तागठबन्धनमा नयाँ सरकारको विषयले प्रवेश पाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच अनौपचारिक रूपमा सरकार बनाउने विषयमा छलफल सुरु भएको हो ।

    अब चाँडै बस्ने गठबन्धनको बैठकमा नयाँ सरकार गठनबारे औपचारिक छलफल सुरु हुनेछ । केही दिनभित्रै गठबन्धनको बैठक बस्ने भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाउने तयारी गरेका छन् ।

    मंगलबार वा बुधबार कांग्रेस संसदीय दलको नेता चयनपछि गठबन्धन बैठक बोलाउने मनस्थितिमा देउवा छन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै सत्ता गठवन्धनका दलहरू पद बाँडफाँडको जोड घटाउमा लागेका छन् । सत्ता गठवन्धनलाई नै निरन्तरता दिने निर्णय भए पनि प्रधानमन्त्री पदमा भने सहमति जुट्न सकेको छैन।

    तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेस सभापति देउवा पनि पहिलो दल बनेको हिसाबले पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्रीसंगै राष्ट्रपति र सभामुखलगायत पद कसले पाउने भन्ने चासो र चर्चाको विषय बनेको छ ।

    यदि कांग्रेसले प्रधानमन्त्री पाएमा माओवादीले सभामुख पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । माओवादीले सभामुख पाएमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङबाट निर्वाचित सांसद रेखा शर्मालाई अघि सार्ने उसको तयारी छ ।

    कांग्रेसले प्रधानमन्त्री पाए माओवादीलाई राष्ट्रपति र एकीकृत समाजवादीको भागमा सभामुख पर्ने नेताहरू बताउँछन् । समाजवादीले सभामुख पाए बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकलाई अघि सार्ने तयारी छ ।

    तर ज्वाला मन्त्री बन्ने तय भइसकेको बताइन्छ । यदि प्रधानमन्त्री अर्कै दलबाट बने कांग्रेसले राष्ट्र«पति र सभामुख पाउने बताइन्छ । राष्ट्र«पतिमा रामचन्द्र पौडेल र सभामुखमा अर्जुननरसिंह केसीको भाग्य खुल्ने बुझिएको छ ।

    सांसद निर्वाचित भएलगत्तै केसीले शीर्ष नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टीलगायत सबै दलका शीर्ष नेताहरूलाई भेटेर आफूलाई सभामुखमा सहयोग गर्न प्रस्ताव गरेको बुझिएको छ ।

    दुई वर्ष सभामुख बन्ने र प्रधानमन्त्री कांग्रेसले पाएपछि छाड्ने उनी निकट स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ३ २०७९१२:२४:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend