काठमाडौं– नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
४ मंसिरको चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो । यो बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।