आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कहिले पाउँछ कांग्रेसले संसदीय दलको नेता? यस्तो आयो जानकारी 

कहिले पाउँछ कांग्रेसले संसदीय दलको नेता? यस्तो आयो जानकारी 

  • मिडिया डबली
  • शुक्रवार, पौष १ २०७९

  • 7.5K
    SHARES

  • कहिले पाउँछ कांग्रेसले संसदीय दलको नेता? यस्तो आयो जानकारी 
    फाइल तस्बिर

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले ३ पुसपछि मात्रै संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने भएको हो।

    कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ। कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय दलको नेता चयनको प्रक्रियाबारेको छलफल ३ पुसपछि मात्रै थालिने बताए।

    उनका अनुसार संसदीय दलको नेता चयन सहमतिमा वा चुनावबाट गर्ने भन्ने विषय हालसम्म टुंगिएको छैन। कांग्रेसमा २०७४ को चुनावपछि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो। यसपालि पनि प्रधानमन्त्रीका आकांक्षी धेरै भएकाले चुनाव हुन सक्ने देखिएको छ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, बीपीपुत्र शशांक कोइरालालगायतले संसदीय दलको नेता हुने चाहना राखेका छन्। कांग्रेस विधानअनुसार संसदीय दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ। ५१ प्रतिशत मत नल्याए पुनः चुनाव गर्ने व्यवस्था छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend