काठमाडौं– धनुषा–४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।