आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग 

  • मिडिया डबली
  • बुधवार, मंसिर २८ २०७९

  • 1.9K
    SHARES

  • निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग 

    काठमाडौं– निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ ।

    आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि एमालेले प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरुको सूची बुझाउँदा त्रुटी पाइएपछि आयोगले सच्याउन लगाएको थियो । एमालेले सूची सच्याएपछि आयोगले आज अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो ।

    यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २८ २०७९११:५७:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend