आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

को बन्दैछ मधेश प्रदेश मुख्यमन्त्री? दुई नेता प्रतिस्पर्धामा 

को बन्दैछ मधेश प्रदेश मुख्यमन्त्री? दुई नेता प्रतिस्पर्धामा 

  • मिडिया डबली
  • मंगलवार, मंसिर २७ २०७९

  • 3.8K
    SHARES

  • को बन्दैछ मधेश प्रदेश मुख्यमन्त्री? दुई नेता प्रतिस्पर्धामा 

    काठमाडौं– मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी देखिएको छ । यादव कांग्रेस मधेश प्रदेशका सभापतिसमेत हुन् । 

    रौतहट–१ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित यादव र सर्लाही–४ (१) बाट प्रदेशसभा सदस्यमा विजयी सिंहबीच मुख्यमन्त्री बन्न प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मुख्यमन्त्री बन्न दुवैले लविङ गरिरहेका छन् । 

    मुख्यमन्त्रीमा धनुषा–३ (१) बाट प्रदेशसभामा निर्वाचित रामसरोज यादवको नाम पनि चर्चा छ । उनी पनि कांग्रेसकै हुन् । तर, रौतहटमा दलीय समीकरणका क्रममा मुख्यमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभामा उम्मेदवारी नदिएर प्रदेशसभा सदस्य बनाइएका यादवको दाबेदारी बलियो रहेको कांग्रेस नेताहरु बताउँछन् । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ३० २०७९०७:०९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend