आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले विद्या भण्डारीसँग पराजित कुमारी लक्ष्मीलाई राष्ट्रपति बनाउला?  

कांग्रेसले विद्या भण्डारीसँग पराजित कुमारी लक्ष्मीलाई राष्ट्रपति बनाउला?  

  • मिडिया डबली
  • मंगलवार, मंसिर २७ २०७९

  • 6.3K
    SHARES

  • कांग्रेसले विद्या भण्डारीसँग पराजित कुमारी लक्ष्मीलाई राष्ट्रपति बनाउला?  

    काठमाडौं–वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निर्वाचनमा पराजित भएकी भोजपुरकी कुमारी लक्ष्मी राई पनि भावि राष्ट्रपतिको दौडमा देखिएकी छन्। उनले पार्टीले अबको राष्ट्रपति निर्वाचनमा पुनः सम्झने विश्वास व्यक्त गरेकी छिन् । उनलाई राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो ।

    आफू हार्छु भन्ने जान्दा जान्दै कांग्रेसले उम्मेदवार बनाएपनि प्रतिस्पर्धामा होमिएको र अहिले अवस्था फेरिएर जित्ने अवस्था भएकाले काँग्रेसले पुनः सम्झने उनको विश्वास छ । ०७४ सालमा दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यसबेला भण्डारीले ३९ हजार २७५ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिस्पर्धी बनेकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । 

    कुमारी अहिले भोजपुर नगरपालिका–८ पोखरे स्थित घरमै बसिरहेकी छिन् । ‘हार्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवारको लागि बोलाए । अब फेरि राष्ट्रपतिको निर्वाचन हुने बेलामा बोलाउलान् नि?,’ कुराकानीका क्रममा उनले भनिन्, ‘मैले अंग्रेजीमा एमए गरेको छु । अन्तर्राष्ट्रिय क्षेत्रमा डिल गर्न सक्छु । मेरो श्रीमान् युएनमा काम गर्दा अन्य राष्ट्रका मानिसहरूसँग मैले पनि काम गरेको छु । मसँग अन्तर्राष्ट्रिय ज्ञान पनि छ ।’ सत्ता गठबन्धनमा पावर शेयरिङको सहमति भइसकेको छैन। यद्यपी कांग्रेसबाट रामचन्द्र पौडेललाई पनि भावी राष्ट्रपतिकारुपमा हेरिएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend