आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसका यस्ता मेयर, जसले चुनाव जितेको ७ महिनामै पुरा गरे यस्ता प्रतिवद्धता 

कांग्रेसका यस्ता मेयर, जसले चुनाव जितेको ७ महिनामै पुरा गरे यस्ता प्रतिवद्धता 

  • मिडिया डबली
  • मंगलवार, मंसिर २७ २०७९

  • 3.0K
    SHARES

  • कांग्रेसका यस्ता मेयर, जसले चुनाव जितेको ७ महिनामै पुरा गरे यस्ता प्रतिवद्धता 

    रौतहट– रौतहटको राजपुर नगरपालिकाका मेयर डा. राजिक आलमले चुनाव जितेको ७ महिनामै जनता माझ गरेका प्रतिवद्धता पुरा गरेका छन्। उनले चुनाव जितेको ७ महिनामै ३ वटा प्रतिबद्धता पूरा गरेका हुन् । राजपुरमा नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले चुनावका बेला गरेका ५ वटा चुनावी प्रतिबद्धता मध्ये ३ वटा पूरा गरेका हुन् ।

    सोमबार एक समारोहका बीच राजपुर नगरपालिकामा डाक्टर  आलमले विधिवत् रुपमा  १५ शैया अस्पताल भवनको शिलान्यास  गरेका छन । मेयरको जिम्मेवारी पाएको मात्र  ७ महिनामा ५ वटा  मुख्य योजना मध्ये  २ वटा योजना यस अघि नै पूरा भइसकेको तथा तेस्रो काम  १५ शैया अस्पताल भवनको शिलान्यास  भएको मेयर आलमले बताए। 

    चुनावी प्रतिबद्धता अनुसार यस अघि नगर अस्पतालमा अल्ट्रासाउन्ड संचालन र फतुवा पुलदेखि परोहा नगरपालिकाको सिमानासम्मको बाटोमा कालोपत्रे निर्माण गरिएको मेयर आलमले जानकारी दिएका छन् । अल्ट्रासाउन्ड जडान पछि नगरभित्रका बिरामीको उपचारमा सहजता र कालोपत्रे निर्माणले वर्षायाममा पनि आवतजावत सहज भएको मेयर आलमले बताएका छन् ।


    शिक्षा स्वास्थ र कृषि  आफ्नो प्रमुख योजना भएकोले चाँडै नै यस कार्यलाई  समेत अमूल्य परिवर्तन गर्ने  मेयर आलमले बताएका छन्  । स्वास्थ्य मन्त्रालयबाट प्राप्त  २३ करोड २६ लाख,साढे १५ हजारको कुल लागतमा १५ सैंयाको अस्पताल भवन निर्माण भइरहेको  प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन् ।  

    टेण्डर प्रक्रिया बाट अस्पताल भवन निर्माणको जिम्मा चान्दी देवीले  लिएको तथा अगामी २०८२ मंसिर ८ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको अधिकृत ठाकुरले जानकारी दिएका छन् ।

    त्यसैगरी फतुवा पुलदेखी परोहाको सिमाना सम्मको कालोपत्रे र अल्ट्रासाउन्ड जडान नगर विकास कोषको ५ करोड बढीको लगानीमा भएको प्रशासकीय अधिकृत बैजु  ठाकुरले बताएका छन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend