आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

स्थानीयको चाहना पुरा हुन्छ, कान्तिलोकपथ बन्छः मीनकृष्ण 

स्थानीयको चाहना पुरा हुन्छ, कान्तिलोकपथ बन्छः मीनकृष्ण 

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 9.8K
    SHARES

  • स्थानीयको चाहना पुरा हुन्छ, कान्तिलोकपथ बन्छः मीनकृष्ण 

    ललितपुर– ललितपुर– १ (ख)बाट निर्वाचित बागमती प्रदेशसभाका सांसद मीनकृष्ण महर्जनले स्थानीयको चाहाना अनुरुप कान्तिलोकपथ निर्माण हुने बताएका छन्। उनले आफूहरुको पहिलो अभियान नै घरको उचित मुआब्जा वितरण गरेर कान्तिलोकपथ निर्माण गराउने रहेको बताए।

    महर्जनले चुनावको केहि महिना अगाडि गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर लोकपथ निर्माणको कुरा गरेको र  प्रधानमन्त्री समेत मुआब्जा दिन सकारात्मक रहेको बताए। अब प्रतिनिधि सभा सदस्य  उदय शम्सेर राणा, मेयर गजेन्द्र महर्जन लगायत सबै जनप्रतिनिधिको ध्यान घरको उचित मुआब्जा वितरण गरेर बाटो निर्माण गर्नेमा हुने बताए।

    सांसद महर्जनले चुनाव जिते लगत्तै टेन्डर पारेर विभिन्न बहानामा काम नगरी बसेका ठेकदारहरुलाई छिटो काम सकाउन ताकेता गरेका थिए। सांसद् महर्जन निडर अनि साहसिक नेताको रुपमा परिचित छन् । बागमती गाउँपालिका–३ का वडा अध्यक्ष नबराज खड्काले भने, ‘माननीय मीनकृष्ण महर्जन ज्यु बोलेको कुरा पुरा गर्नु हुन्छ। मेरो वडामा पनि बागमती प्रदेश सरकार मार्फत करिब ७ करोड बजेत हालिदिनुभयो। अरु नेता गफ गर्छन्  काम गर्दैन मीनकृष्ण महर्जन गफ कम गर्छन् काम धेरै गर्छन्। ललितपुर क्षेत्र नम्बर १ का जनताले महर्जनलाई धेरै बिश्वास पनि गर्छन्, मनपनि पराउछ्न। त्यसै कारण पनि लोकप्रिय मतका साथ बिजय भएको हो।’

    २०७४ सालमा जितेर गएका सांसदहरले उक्त कान्तोलोकपथ बाटो निर्माणमा कुनै चासो नदेखाएको स्थानीयहरुको आरोप छ। यस पटक चुनाव जितेर गएका सांसदहरुले कान्तिलोकपथ बनाउनेमा स्थानीय विश्वस्त देखिन्छन्। कान्तिलोकपथ निर्माण हुने बित्तिकै सातदोबाटोबाट हेटौंडा जम्मा २ घन्टामा पुगिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २६ २०७९०९:०५:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend