आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यी हुन् समानुपातिकमा  सांसद् बन्ने भाग्यमानी पुरुषहरु (नामावलीसहित)

यी हुन् समानुपातिकमा  सांसद् बन्ने भाग्यमानी पुरुषहरु (नामावलीसहित)

  • मिडिया डबली
  • आइतवार, मंसिर २५ २०७९

  • 2.8K
    SHARES

  • यी हुन् समानुपातिकमा  सांसद् बन्ने भाग्यमानी पुरुषहरु (नामावलीसहित)

    काठमाडौं– आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ ।

    प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् । 

    समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ । 

    एमालेले पाएको ३४ सिटमध्ये १२ सिटमा पुरुष उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई परेका छन् । खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम  सिफारिस भएको छ । 

    दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा सांसद सिफारिस भएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतराज लालवंशी समानुपातिक सांसद सिफारिस भएका छन् । यस्तै मुस्लिमतर्फ सराज अहमद फारखी सिफारिस भएका हुन् । 

    समानुपातिकमा ३२ सिट पाएको नेपाली कांग्रेसबाट तीनजना मात्र पुरुष सांसदमा सिफारिस भएका छन् । कांग्रेसबाट खसआर्यतर्फ प्रकाशशरण महत, मधेसीतर्फ विमलेन्द्र निधि र दलिततर्फ जीवन परियार सांसद सिफारिस भएका छन् । 

    माओवादी केन्द्रले पाएको १४ सिटमध्ये दुईवटामा मात्र पुरुष सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यतर्फ हितराज पाण्डे र दलिततर्फ रणेन्द्र बराली रहेका छन् । राष्टिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाएको १३ सिटमध्ये सातजना पुरुष उम्मेदवार सिफारिस भएका छन् ।

    दलिततर्फ सन्तोष परियार र  शिव नेपाली सिफारिसमा परेका छन् । यस्तै थारुतर्फ अशोककुमार चौधरी, मुस्लिमतर्फ असिम शाहलाई सिफारिस गरेको छ । मधेसतर्फ मनिष झा सिफारिस हुँदा आदिवासी जनजातितर्फ ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । खसआर्यतर्फ डोलप्रसाद अर्याल सांसद सिफारिस भएका छन् ।

    समानुपातिकमा सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईजना पुरुषलाई सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यबाट पशुपतिशम्शेर राणा र आदिवासी जनजातितर्फ बुद्धिमान तामाङ सिफारिस भएका हुन् । 

    समानुपातिकमा पाँच सिट पाएको जनमत पार्टीले पुरुषतर्फ दुईजनालाई सिफारिस गरेको छ । जसमा मधेसीतर्फ वसन्तकुमार कुशवाहा र मुस्लिमतर्फ अब्दुल खानलाई सांसद सिफारिस गरेको छ । जनता समाजवादी पार्टी जसपाले प्राप्त गरेको समानुपातिकतर्फको पाँच सिटमा पुरुषतर्फ खसआर्यमा प्रकाश अधिकारी र मुस्लिमतर्फ सहनाज रहमान गरी दुईजना सिफारिसमा परेका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २५ २०७९०८:३३:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend