आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले समानुपातिक तर्फका सांसद् छान्न सकेन, अब यसरी अघि बढ्ने तयारी 

कांग्रेसले समानुपातिक तर्फका सांसद् छान्न सकेन, अब यसरी अघि बढ्ने तयारी 

  • मिडिया डबली
  • शनिवार, मंसिर २४ २०७९

  • 3.1K
    SHARES

  • कांग्रेसले समानुपातिक तर्फका सांसद् छान्न सकेन, अब यसरी अघि बढ्ने तयारी 
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।

    समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।

    एक पदाधिकारीका अनुसार अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।

    समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

    तर बैठकमा सहमति जुट्न नसकेको र सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए ।

    कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend