शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

गगनले सोधे यस्तो प्रश्न, शिर्ष नेता सोच्न बाध्य 

गगनले सोधे यस्तो प्रश्न, शिर्ष नेता सोच्न बाध्य 

  • मिडिया डबली
  • मंगलवार, मंसिर २० २०७९

  • 8.3K
    SHARES

  • गगनले सोधे यस्तो प्रश्न, शिर्ष नेता सोच्न बाध्य 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टता, प्रतिबद्धता र सक्षम नेतृत्व अहिले देशले खोजिरहेको बताएका छन् । कांग्रेसले सही नेतृत्व गर्न सके पाँच वर्षपछिको चुनावमा कांग्रेसले ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत पाउने उनको दाबी छ । 

    मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको गठबन्धनबाटै सरकार बन्ने भए पनि सरकार के को लागि भन्ने महत्वपूर्ण भएको बताएका हुन् । 

    ‘गठबन्धनको सरकार बन्नेमा कुनै सन्देह छैन, हामीले चाहेको सरकार मात्र हो? एउटा परिदृष्य गठबन्धनको सरकार बन्छ । नेताहरू भित्र–भित्र तमसुक गर्छन्, पछि गएर बबण्डर बन्छ । सरकार बन्छ, उद्धेश्य हुँदैन, संवेदना हुँदैन भने के अर्थ हुन्छ ?,’ थापाले प्रश्न गरे । 

    उनले एउटा स्पष्टता, प्रतिबद्धतासहित क्यारेक्टर भएको लिडरसिप भएको सरकारले मात्र देशको समस्या समाधान गर्न सक्ने बताए । ‘निर्वाचित सरकारसँग शक्ति, समय र स्रोतको सीमा हुन्छ । खाली देश बिग्रियो भन्ने, हामी बदल्छौँभन्दा बाबुहरूको उमेर कति भनेर सोध्ने?,’ थापाले भने ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend