मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images

प्रचण्ड अस्त्रले कांग्रेस र एमाले नजिकिँदै, राजनीतिमा अर्को खेल प्रारम्भ

प्रचण्ड अस्त्रले कांग्रेस र एमाले नजिकिँदै, राजनीतिमा अर्को खेल प्रारम्भ

  • मिडिया डबली
  • आइतवार, मंसिर १८ २०७९

  • 30.5K
    SHARES

  • प्रचण्ड अस्त्रले कांग्रेस र एमाले नजिकिँदै, राजनीतिमा अर्को खेल प्रारम्भ

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि आफ्नो दोहोरो चरित्र देखाएका छन् । २०७४ मा कांग्रेससँग सरकारमा रहँदा रहँदै एमालेसँग वाम तालमेल गरेर चुनावमा गएको माओवादीले अहिले फेरि कांग्रेसलाई छाडेर एमालेसँग सरकार बनाउन सकिने भनेर निर्णय गरेको छ ।

    माओवादीको यो निर्णयले ऊ अब सकिने बाटोमा अघि बढिरहेको प्रस्ट हुन्छ । शनिवार बसेको सचिवालय बैठकबाट सरकार गठनमा सबै विकल्प खुला राख्ने भन्दै कांग्रेससँग बार्गेनिङ गर्ने प्रचण्डले संकेत गरेका छन् ।

    कांग्रेस, एकीकृत समाजवादीको मतले १७ सिट जितेपछि माओवादीका अध्यक्ष प्रचण्डले पाँच वर्षे सरकारमा आधा आधा कार्यकाल हुनुपर्ने र त्यसमा आफूले पहिले प्रधानमन्त्री बन्नु पाउनुपर्ने भन्दै पार्टीबाट सरकार गठनमा विकल्प खुला राख्ने निर्णय गराएको सबैले बुझेका छन् ।

    जबकि अघिल्लो निर्वाचनमा ओली र प्रचण्डबीच आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति पालना नभएकै हो । नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट प्राप्त गर्ने देखिएको छ । ८९ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

    तर, प्रचण्ड सुरुमै प्रधानमन्त्री पद ताकिरहेका छन् । हंग पार्लियामेन्ट बनेका बेला प्रचण्ड जस्तो अस्थिर चरित्र बोकेको व्यक्तिले सरकार चलाउनै सक्दैनन् । त्यसमा पनि सरकार बनाउने पहिलो म्याडेट जनताले कांग्रेसलाई दिएका छन् ।

    खासमा प्रचण्डको यो बार्गेनिङ प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष, सात प्रदेशका मुख्यमन्त्रीहरू, सभामुख, उपसभामुखतिर लक्षित भएर आएको हुन सक्ने सबैले अनुमान गरेका छन् ।

    शान्ति प्रकृयामा आएपछि करिब एक सयभन्दा बढी मन्त्री पाइसकेको माओवादीले आहिले पनि धेरै भन्दा धेरै मन्त्रालय लिने, राष्ट्रपति, सभामुख पनि लिने तथा सरकारको नेतृत्वमा दावी गर्ने गरी प्रस्तुत हुन खोजिरहेको छ ।

    सत्ताको चुकुल आफूसँग रहेको जनाउदै माओवादीले एमाले र कांग्रेस दुवैसँग सरकार गठनबारे छलफल गर्न थालिसकेको संकेत गरेको छ । माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३० सिट भन्दा बढी हुने भएपछि दुवै दलसँग बार्गेनिङ गर्ने कुनमा बढी हात लाग्छ उतै जाने गरी दोहोरो चरित्र प्रस्तुत गरेको छ ।

    त्यसैले कुनै पनि दलले बहुमत नल्याउँदा संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर बलियो सरकार बनाउनुपर्ने र पाँच वर्षसम्म राजनीति स्थिर बनाउनुपर्ने आवाज उठिरहेको छ ।

    त्यसैले कांग्रेस र एमाले मिलेर राजकीय पद बाँडफाँड गरेर माओवादीलाई उसकै साइजमा ल्याउनुपर्ने राजनीतिक विश्लेषकहरू बताउन थालेका छन् । यदि कांग्रेस र एमाले मिलेर संघ र सातै प्रदेशमा सरकार बनाए भने प्रचण्डको राजनीति ब्रह्मनालमा पुग्ने निश्चित छ ।

    एमाले र कांग्रेस दुवैभित्र मिलेर जानुपर्ने विचार उठ्दै गएको छ । एमाले नेता शेरधन राईले त एमाले अध्यक्ष केपी ओलीलाई भेटेरै कांग्रेससँग मिलेर जान सुझाव दिएका छन् । कांग्रेसमा पनि मध्यमार्गी धार एमालेसँग मिलेर जानुपर्ने बताउन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend