ललितपुर– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रदेशसभातर्फ ललितपुर क्षेत्र नं. १ ‘ख’मा नेपाली कांग्रेसको तर्फबाट भारी मतान्तरले विजयी भएका मीन कृष्ण महर्जनलाई विभिन्न सामाजिक सञ्जाल, फोन तथा कार्यक्रम नै गरेर सम्मान, बधाई तथा शुभकामना आफन्त, शुभचिन्तकहरुले दिइरहेका छन् ।
सोही क्रममा प्रदेश सभा सदस्य मीन कृष्ण महर्जनलाई मंसिर १७ गते शनिबार जिल्ला प्रमुख डोजो लगनखेलले एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामनाका साथै सम्मान गरेको छ ।
सो सम्मान, बधाई तथा शुभाकामना कार्यक्रमको प्रमुख अतिथिको रुपमा स्वयम् प्रदेश सभा सदस्य मीन कृष्ण महर्जन रहेका थिए भने खेलकुद क्षेत्रमा योगदान गरेका बरिष्ठ प्रशिक्षक, अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय स्तरका खेलाडीहरुदेखि लिएर विभिन्न राजनीतिक दलका नेताहरु अथितिका रुपमा रहेका थिए ।
प्रमुख अतिथि महर्जनले सो कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा आफू खेलकुद पृष्ठभूमिबाट आई खेलक्षेत्रदेखि लिएर विभिन्न सामाजिक कार्यमा पनि त्यत्तिकै तल्लिन रहेको कारण आफूलाई जनताले पत्याएर अत्यधिक मत दिई विजयी गराएको बताएका थिए । आफूलाई जनताले पत्याएर जुन विश्वास गरेका छन् त्यो विश्वासलाई कहिँ कतै डगमगाउन नदिई सधैं उनीहरुकै साथ सहयोग र सल्लाहअनुसार आफू विकास निर्माण कार्यमा लाग्ने समेत बताएका थिए ।
आफू खेलकुद पृष्ठभूमि भएको र १२ वर्षको उमेरमा कराते खेलबाट खेलकुद क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्दै अन्तर्राष्ट्रिय रेफ्री हुँदै राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको समेत सफलतापूर्वक भूमिका निर्वाह गर्दै अहिले प्रदेश सभा सदस्यमा निर्वाचत हुन सफल भएको बताएको महर्जनले बताए । विशेष गरी कराते खेलकुदमा देखिएको आन्तरिक विवादलाई समाधान गर्न करातेका वरिष्ठ प्रशिक्षक, गुरुहरुसँग सल्लाह गरी विगतमा जस्तै कराते खेललाई गाउँ—गाउँ, टोलटोलमा पु¥याउनुका साथै हेरेक खेलकुदमा लागेका खेलाडीहरुको भविष्य सुनिश्चित गराउन प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर आफू लागिपर्ने सो कार्यक्रममा सहभागी खेलाडीहरुसँग प्रतिबद्धता नवनिर्वाचित प्रदेश सभा सदस्य महर्जनले गरेका छन् । आफ्नो कार्यकालमा बागमती प्रदेशलाई मात्र खेलकुदमय नबनाई देशै भरी खेलकुदमय बनाउन आफू लागी पर्नेसमेत जानकारी गराएका थिए ।
सो कार्यक्रमका अध्यक्षता गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा ललितपुर प्रमुख डोजो अध्यक्षसमेत रहेका दिपक श्रेष्ठले पदमा नपुग्दा त खेलकुद क्षेत्रलाई माया गरेर खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रमहरु गर्दै आइरहनुभएका महर्जनले अब नेपाललाई नै खेलकुद मय बनाउनेमा कुनै शंका गर्नुपर्ने छैन भन्दै आफ्नो भनाई राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।