काठमाडौं– सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले विजयी भएका छन्। संचारमन्त्री समेत रहेका कार्की ३० हजार ४८३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिश प्रसाद किसियैतले ३० हजार ३७१ मत ल्याए । कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी–४ बाट चुनाव लडेर निर्वाचित भए।
त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।