सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवा र पौडेललाई यस्तो सन्देश दिएर गगनले भने– प्रधानमन्त्रीका लागि म अघि बढेँ  

देउवा र पौडेललाई यस्तो सन्देश दिएर गगनले भने– प्रधानमन्त्रीका लागि म अघि बढेँ  

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ९ २०७९

  • 11.0K
    SHARES

  • देउवा र पौडेललाई यस्तो सन्देश दिएर गगनले भने– प्रधानमन्त्रीका लागि म अघि बढेँ  

    काठमाडौं– काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई विश्राम लिन आग्रह गर्न बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइरहेका थापाले संसदीय दलको नेतामा चुनिनका लागि आफूलाई सहयोग गर्न आग्रह गर्ने बताएका हुन्। 

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बिहीबार पत्रकारसँग कुराकानी गर्दै थापाले आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको बताएका थिए। कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई दुख गरिरहनुपर्ने बाध्यता नरहेको उल्लेख गरे। 

    ‘कांग्रेसले सरकार चलाउँदै गर्दा उहाँहरू (सभापति देउवालगायत)ले नै सरकार चलाउनुपर्ने बाध्यता छैन। हामीहरू तयार भइसक्यौं,’ थापाले थपे, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’

    उनले पार्टीको आन्तरिक सन्तुलन मिलाउन नवनिर्वाचित सांसदहरू विभिन्न गुटमा लाग्न नहुने समेत उल्लेख गरे। ‘मतपरिणामको सन्देशलाई साथीहरू (सांस) ले बेवास्ता गर्नु हुन्न। संख्या गन्दा अहिले संसदीय दलको नेता चुनिन मलाई प्रतिकूल होला। तर कांग्रेसले अब सरकारमा नयाँ अनुहार दिन सकेन भने नयाँ पुस्तालाई आकर्षित गरिराख्न सक्छ?,’ उनको प्रश्न थियो। 

    उनले अब आफू प्रधानमन्त्रीका लागि अघि बढेको र त्यसका लागि सुरुमा शेखर कोइरालासँग छलफल गर्ने उल्लेख गरे। यसका साथै देउवा, पौडेल, पार्टीका नेता र चुनिएर आउने सांसदहरूसँग पनि सल्लाह गर्ने र साथ जुटाउने उल्लेख गरे। 

    थापा सांसदमा निर्वाचित भएपछि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि प्रस्तावक बन्ने बताइसकेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend