उदयपुर- उदयपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा सत्ता गठबन्धनका नेपाली कांग्रेसका सभापति तथा प्रदेश सरकारका शहरी पुर्वाधारमन्त्री हिमाल कार्की दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो हुने निर्बाचनमा शुक्रवार साँझ सम्पन्न मतगणनाले २ सय १५ मतको अन्तरले कार्की बिजयी भएका हुन् ।
सत्ता गठबन्धनका कार्कीले निकटतम् प्रतिष्पर्धि नेकपा एमालेका पुर्व अध्यक्ष ईश्वरमणी राउतलाई २ सय १५ मतान्तरले पराजित गरेको हो । बिजयी कार्कीले १४ हजार ९ सय ७९ मत पाउँदा राउतले १४ हजार ७ सय ६४ मत पाएको थियो । त्यसैगरी २ हजार ९ सय १० मत ल्याई राप्रपाका ज्ञानबहादुर राईले तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।
यस प्रदेश सभामा ३७ हजार २ सय ६७ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस प्रदेससभामा १२ जनाले प्रतिष्पर्धा गरेका थिए । यस प्रदेशस भामा १ हजार ४ सय ५३ मत बदरहुँदा ३७ हजार २ सय ६७ मत खसेको थियो ।
जसमा १ हजार ४ सय ५३ मत बदर भएको मुख्या निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्की २०७४ मा पनि निर्वाचित भएको थियो । कार्कीले त्यति बेला बामगठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई पराजित गरेका थिए ।
त्यतिबेला मगरलाई कार्कीले १ हजार ५ सय ९८ मतान्तरले पराजित गरेको थियो । सत्तागठबन्धनबाट उम्मेवार बनेका कार्की प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।