नवलपुर– नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्वर २ नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराएका हुन् ।
कार्कीको पक्षमा ३६ हजार १०४ मत आउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार ३२४३ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा ८५ हजार ३९९ मत खसेको थियो ।
खसेको मत मध्य ३ हजार ४५१ मत बदर भएको थियो । योसँगै नवलपुरका दुवै क्षेत्रमा कांग्रेसले जित निकालेको छ। नवलपुर–१ मा शशांक कोइराला निर्वाचित भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।