सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

६३ ठाउँको नतिजा आयो, कहाँ कसले जिते? [सूचीसहित]

६३ ठाउँको नतिजा आयो, कहाँ कसले जिते? [सूचीसहित]

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९

  • 4.4K
    SHARES

  • ६३ ठाउँको नतिजा आयो, कहाँ कसले जिते? [सूचीसहित]
    फाइल तस्वीर

    काठमाडौं– प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ।

    माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    हेर्नुस् सूची

    नेपाली कांग्रेस
    १) काठमाडौं-१: प्रकाशमान सिंह

    २) काठमाडौं-३: सन्तोष चालिसे

    ३) काठमाडौं-४: गगन थापा

    ४) काठमाडौं-५: प्रदीप पौडेल

    ५) काठमाडौं-१०: राजन केसी

    ६) मनाङ- टेकबहादुर गुरूङ

    ७) मुस्ताङ: योगेश गौचन

    ८) तनहुँ-२: शंकर भण्डारी

    ९) सुर्खेत-२: हृदयराम थानी

    १०) ललितपुर-१: उदयशमशेर राणा

    ११) पर्सा-४: रमेश रिजाल

    १२) डडेल्धुरा: शेरबहादुर देउवा

    १३) रसुवा: मोहन आचार्य

    १४) ओखलढुंगा: रामहरि खतिवडा

    १५) झापा-१: विश्वप्रकाश शर्मा

    १६) पर्सा-२: अजयकुमार चौरसिया

    १७) अछाम-२: पुष्प शाह

    १८) कञ्चनपुर-३: रमेश लेखक

    १९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

    २०) कैलाली-४: वीरबहादुर बलायर

    २१) गोरखा-१: राजेन्द्र बजगाइँ

    २२) म्याग्दी: खमबहादुर गर्बुजा

    २३) कञ्चनपुर-२: एनपी साउद

    २४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

    २५) दैलेख-२: दिक्पालकुमार शाही

    नेकपा एमाले
    १) ललितपुर-२: प्रेमबहादुर महर्जन

    २) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

    ३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

    ४) गुल्मी-२: गोकर्ण बिष्ट

    ५) ताप्लेजुङ: योगेश भट्टराई

    ६) झापा-५: केपी ओली

    ७) झापा-२: देवराज घिमिरे

    ८) पर्सा-३: राजकुमार गुप्ता

    ९) अर्घाखाँची: टोपबहादुर रायमाझी

    १०) प्यूठान: सूर्य थापा

    ११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

    १२) मकवानपुर-२: महेशकुमार बर्तौला

    १३) कास्की-२: विद्या भट्टराई

    माओवादी केन्द्र
    १) सिन्धुली-२: लेखनाथ दाहाल

    २) रूकुम पूर्व: पूर्णबहादुर घर्ती

    ३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल

    ४) सिन्धुपाल्चोक-१: माधव सापकोटा 'सुबोध'

    ५) रोल्पा: वर्षमान पुन

    ६) जाजरकोट: शक्ति बस्नेत

    ७) गोरखा-२: पुष्पकमल दाहाल 'प्रचण्ड'

    नेकपा (एकीकृत समाजवादी)
    १) अछाम-२: शेरबहादुर कुँवर

    २) बारा-४: कृष्णकुमार श्रेष्ठ 'किसान'

    ३) बझाङ: भानुभक्त जोशी

    ४) डोटी: प्रेम आले

    ५) दैलेख-१: अम्मरबहादुर थापा

    ६) सल्यान- प्रकाश ज्वाला

    राष्ट्रिय स्वतन्त्र पार्टी
    १) काठमाडौं-८: विराजभक्त श्रेष्ठ

    २) काठमाडौं-२ : सोविता गौतम

    ३) काठमाडौं-७: गणेश पराजुली

    ४) काठमाडौं-६: शिशिर खनाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    १) बाँके-२: धवलशमशेर राणा

    २) जुम्ला: ज्ञानेन्द्र शाही

    नागरिक उन्मुक्ति पार्टी
    १) कैलाली-३: गंगाराम चौधरी

    जनमत पार्टी
    १) सप्तरी:२- सिके राउत

    जनता समाजवादी पार्टी (जसपा)
    १) पर्सा-१: प्रदीप यादव

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
    १) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

    राष्ट्रिय जनमोर्चा
    १) बाग्लुङ-१: चित्रबहादुर केसी

    स्वतन्त्र
    १) बर्दिया-२: लालवीर चौधरी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend