काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना भएको छ। जसमा एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ ।
अहिलेसम्म कुल सदर भएको मतलाई आधार मान्दा पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका छन् । ती दलले मात्रै पाएको मत र अनुपात निकाल्दा एमालेले ३२.१५ प्रतिशत मत पाएको छ । कांग्रेसको २९.७३ प्रतिशत मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १५.५ र माओवादी केन्द्रको १४।५८ प्रतिशत मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ । अहिलेसम्म समानुपातिकतर्फ १० लाख ५ हजार बढी मतगणना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।