जाजरकोट– जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह र (ख) मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए । यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।