रसुवा– मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ। करिब ४ हजार ३७८ मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङभन्दा आचार्यको मत ८ हजार ८४ बढी भएपछि उनको जित निश्चित भएको हो।
आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए।
जिल्लामा २८ हजार ३०५ मत खसेकोमा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ। हालसम्मको गणनामा ६५५ मत बदर भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।