काठमाडौं– इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन्। यहाँ मतगणना जारी छ। अहिले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका छन्। खड्काले ३७५६ मत ल्याएका छन्।
यहाँ एमालेका नेम्वाङले ३४५५ मत ल्याएका छन्। उनीहरूबीच ३०१ मतान्तर देखिएको छ। यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ८०१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ३०७, जसपाले २००, राष्ट्रिय स्वतन्त्र पार्टीले १३९ मत पाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।