काठमाडौं– ललितपुर–१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित्ने निश्चित भएको छ। अहिलेसम्म गणना भएको ३३ हजार ४१६ मतमा राणाले १४ हजार ९४२ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एमालेका नवराज सिलवालले १३ हजार ६९५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ५० हजार ७४५ मत खसेको थियो। कुल ३० वटा वडा मध्ये अब ६ वटा वडा गन्न बाँकी छ।
अब बाँकी चापागाउँ, लेले, इकुडोल, भट्टेडाँडा, माल्टा, प्युटार गन्न बाँकी रहेको र राणाले ४ हजार मतान्तरले जित्ने अनुमान कांग्रेसले गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।