काठमाडौं - हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधिसभा र प्रदेश सभाका तीनै सिट तथा मनाङको प्रतिनिधिसभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए ।
मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत भएका थिए । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी भए । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन् ।
प्रदेश सभा ९क० बाट कांग्रेसकै नम्डु गुरुङ विजयी भए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी एमाले इन्द्रधारा विष्टले ७ सय ९३ मत पाए । प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचन पराजीत भए ।
उनले गौचनलाई १ सय ५८ मत अन्तरले हराएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । मनाङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भए ।
निवर्तमान सांसद एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय ३८ मत अन्तरले हराए । टेक बहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनले २ हजार २ सय ४७ मत पाए । प्रदेश सभा (क) मा कांग्रेसकै मुनिन्द्रजंग गुरुङले चुनाव जिते ।
मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३ सय ३० मत अन्तरले हराए । मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मत मात्रै पाए । मनाङको प्रदेश सभा ९ख० मा स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बनिसकेका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।