काठमाडौं– कञ्चनपुर क्षेत्र–२ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन्। कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा उनले ११८ मतले अग्रता लिएका हुन्।
उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए। धामी ३३ हजार २०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा साउदले २४ हजार ८९३ मत पाएका थिए।
त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य साउदले एमालेका नेता तारा लामा तामाङलाई पराजित गरेका थिए। तामाङ यसपालि क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।