लमजुङ– मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् ।
मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।
प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।