सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मुस्ताङमा कांग्रेसले रच्यो इतिहास, प्रतिनिधिसभा र प्रदेशसभामा क्लिन स्विप 

मुस्ताङमा कांग्रेसले रच्यो इतिहास, प्रतिनिधिसभा र प्रदेशसभामा क्लिन स्विप 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 4.4K
    SHARES

  • मुस्ताङमा कांग्रेसले रच्यो इतिहास, प्रतिनिधिसभा र प्रदेशसभामा क्लिन स्विप 
    फाइल तस्वीर

    काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम अनुसार मुस्ताङमा कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका योगेश गौचन थकालीले जित निकालेका छन्।

    एमालेका प्रेमप्रसाद गौचनलाई पराजित गर्दै २९ वर्षीय योगेशले संसदको यात्रा तय गरेका हुन्। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए।

    यसैगरी प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै प्रदेश सभाका लागि निर्वाचित भएका हुन्। नम्डुले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।

    प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्। एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभामा निर्वाचित भएका हुन्। विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend