सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 2.3K
    SHARES

  • कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।  कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन ।

    सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

    प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।

    यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend