काठमाडौं– प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन । कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २हजार ५२१ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मतमात्र प्राप्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।