काठमाडौं - निर्वाचन आयोगले बहुप्रतीक्षित काठमाडौं ४ मा सोमबार बिहानदेखि मतगणना सुरु गर्ने भएको छ ।
आइतबार रातिदेखि मतगणना सुरु गर्ने तयारी भए पनि सर्वदलीय बैठक बसी सोमबार बिहानलाई सारिएको थियो । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ ।
एक्जिट पोलका अनुसार कांग्रेसका युवा नेता थापा ह्याट्रिकको तयारीमा छन् । उनी भारी मतान्तरले विजयी हुने प्रक्षेपण गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।