आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

मतदान नसकिएसम्म मत मागे २५ हजार जरिवाना, यस्तो छ मौन अवधिको नियम

मतदान नसकिएसम्म मत मागे २५ हजार जरिवाना, यस्तो छ मौन अवधिको नियम

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २ २०७९

  • 2.4K
    SHARES

  • मतदान नसकिएसम्म मत मागे २५ हजार जरिवाना, यस्तो छ मौन अवधिको नियम

    काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातिदेखि स्थिर अवधि सुरु भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि स्थिर समय सुरु हुने व्यवस्था छ ।

    सोही व्यवस्थाअनुसार आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरेको हो । स्थिर अवधि सुरु भएसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन् ।

    आयोगले स्थिर समयमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको छ । त्यस्तै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

    मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

    निर्वाचन आयोगले यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने नियम लागू गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend