सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

निर्वाचन आयोगलाई चुनौती दिँदै राप्रपाका उम्मेदवार खड्काले मागे भोट

निर्वाचन आयोगलाई चुनौती दिँदै राप्रपाका उम्मेदवार खड्काले मागे भोट

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २ २०७९

  • 2.0K
    SHARES

  • निर्वाचन आयोगलाई चुनौती दिँदै राप्रपाका उम्मेदवार खड्काले मागे भोट

    काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर बिहीबारदेखि मौन अवधि सुरु भइसकेको छ ।

    मौन अवधि सुरु भएको भोलिपल्टै शुक्रबार बिहान दोलखाबाट राप्रपाका उम्मेदवार विजय खड्काले भोट मागेका हुन् । मौन अवधिभर राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ ।

    तर दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले एकाबिहानै सामाजिक सञ्जालमार्फत आफुलाई भोट हाल्न मतदातासमक्ष आग्रह गरेका हुन् ।

    ‘मौन अवधि सुरू भइसकेको छ, मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यसपटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

    मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ । आयोगले मतदान सकिएर मतगणना सुरु नभएसम्म मौन अवधि तोकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २ २०७९११:११:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend