सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

काठमाडौं–५ ईश्वर पोखरेललाई ठूलो धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश  

काठमाडौं–५ ईश्वर पोखरेललाई ठूलो धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश  

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३० २०७९

  • 3.3K
    SHARES

  • काठमाडौं–५ ईश्वर पोखरेललाई ठूलो धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश  

    काठमाडौं- निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी प्रवेशले तिव्रता पाएको छ ।  मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

    बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । 

    सो क्रममा गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नं २ बाट एमालेका  नेता धामेश खत्री समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरुलाई स्वागत गरेका हुन् । 

    निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् ।  
    त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको  मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend