भोजपुर– २०१५ साल यताका हरेक निर्वाचनमा भोजपुर बाम किल्लाकोरुपमा रह्यो। ०१५ साल पछिका हरेक संसदीय निर्वाचनमा कांग्रेसले उपविजेतकारुपमा चित्त बुझायो। नेकपा एमालेले मात्रै भोजपुरमा ३३ वर्ष बढी नेतृत्व गर्यो। तर, कांग्रेसले भने सांसद् निर्वाचित गराएर पठाउन सकेन।
यसपटक पनि प्रतिनिधिसभामा भोजपुर कांग्रेसको प्रतिनिधित्व नहुने पक्का छ। सत्तारुढ गठबन्धनमा भएको तालमेल अनुसार प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई अघि सारेको छ। प्रदेश सभा (क) मा प्रदेश नम्बर १ का मुख्यसचिव तथा नेकपा एसका केन्द्रीय सचिव राजेन्द्र राई उम्मेदवार छन्। प्रदेश सभा (ख)मा कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा उम्मेदवार छन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम कार्की हुन्।
तर, एमालेले ३३ वर्ष राज गरेको साविक भोजपुर निर्वाचन क्षेत्र २ (हाल प्रदेशसभा ख)मा वान्तवाले विजयको झण्डा पहराउने निश्चित देखिएको छ। वान्तवाले एमालेले तीन दशक भन्दा बढी नेतृत्व गरेपनि भोजपुरमा केही काम गर्न नसकेको बताउँदै आएका छन्। एमाले नेतृत्वमा हुन नसकेको काम आफू निर्वाचित भएलगत्तै गर्ने उनको दाबी छ। ‘३० वर्ष मतदान गरेर निरन्तर जिताएर पठायौँ, आखिर गरिबी अशिक्षा र स्वास्थ्यमा सधै समस्या बाहेक भोजपुरे जनाताले केहि पाएनन्। के यस्तै समस्या सधै भोजपुरे जनताले खेपीरहनु पर्ने हो,’ उनले प्रश्न गर्दै भने, ‘गठबन्धनको जित निश्चित छ। हामी निर्वाचित भए लगत्तै यी समस्या हल गर्नेछौं।’
यस्तो छ अंकगणित
प्रतिनिधिसभा सदस्यका लागि किराती र प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रतिस्पर्धा हुँदैछ। तर, गणितलाई आधार मान्दा शेरधन भन्दा सुदन अघि देखिन्छन्। गत वैशाखमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि सुदन अगाडी रहेको देखाउँछ। भने भोजपुरमा एमालेबाट निर्वाचित भएका उमेद्वारले २७ हजार ६ सय ५६ मतल्याएका थिए । उता सत्ता गठबन्धनले भने ३८ हजार ५ सय ५६ मत ल्याए ।
यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमाले भन्दा १० हजार ९ सय मतले अगाडी देखिएको छ । यो अंकगणित हेर्दा भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा गठबन्धन विजयी हुने निश्चित छ। र, भोजपुरले २०१५ सालपछि कांग्रेसबाट सांसद् पाउने निश्चित बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।