सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री भएका खड्का बर्खास्त, के हो कारण? 

गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री भएका खड्का बर्खास्त, के हो कारण? 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २९ २०७९

  • 2.6K
    SHARES

  • गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री भएका खड्का बर्खास्त, के हो कारण? 

    पोखरा– गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।

    कास्की–२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन् । सो यो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend