पाल्पा– पाल्पा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बनेका खडानन्द गैरे कांग्रेस प्रवेश गरेका छन्। उनी सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
राप्रपा नेपालका जिल्ला अध्यक्षसमेत रहेका गैरे प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर लागि मत माग्दै घरलैलो अभियानमा थिए । उनी धेरै वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । गैरेले विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै राप्रपा नेपाल छाडेर कांग्रेसमा प्रवेश गरेको उनले बताए । उनले सोमबारदेखि नै आफ्नो उम्मेदवारी निष्क्रिय रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।
कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई पूर्ण समर्थन र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ । गैरेलाई कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेस प्रवेश गरेको सदस्यता दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।