काठमाडौं- कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुसासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।
उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको वा प्रस्तावक समर्थक बनेका थिए । यसअघि पनि कांग्रेस ७७ जनामाथि कारबाही गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।