काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।
देउवाले काठमाडौंका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा आज दुई सदस्य थप गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।