शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेमा केपी ओली र विष्णु पौडेलबाहेक अधिकांश पदाधिकारी ‘रेड जोन’

एमालेमा केपी ओली र विष्णु पौडेलबाहेक अधिकांश पदाधिकारी ‘रेड जोन’

  • मिडिया डबली
  • सोमवार, कार्तिक २८ २०७९

  • 4.2K
    SHARES

  • एमालेमा केपी ओली र विष्णु पौडेलबाहेक अधिकांश पदाधिकारी ‘रेड जोन’

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली अहिले विभिन्न मिडियामा अन्तर्वार्ता दिन व्यस्त छन् । सानाठूला, नाम चलेका नयाँ सबै टेलिभिजन र अनलाइन न्युज पोर्टलमा अन्तर्वार्ता दिएर प्रचार गर्ने ओलीले रणनीति बनाएका छन् ।

    साथसाथै एमालेको चुनावी विज्ञापन पनि मिडियामा आइरहेको छ । सरसर्ती विश्लेषण गर्दा एमालेले चुनावी प्रचारमा राम्रै खर्च गरिरहेको स्पष्ट हुन्छ । ओली अहिले चुनावी सभामा पनि दौडिरहेका छन् ।

    जुनसुकै मिडियामा अन्तर्वार्ता दिँदा वा चुनावी सभामा भाषण गर्दा ओलीको एउटै रटान रहन्छ– एमालेले प्रत्यक्षमा एक सय र समानुपातिकमा ५० सिट ल्याउँछ । ओलीको यो हाइपोथेसिस विश्लेषणलाई धेरैले गम्भीर रूपमा लिएका छैनन् ।

    लिन पनि आवश्यक देखिएको छैन । किनभने एमाले जतिकै ठूलो पार्टी नेपाली कांग्रेस मुलुकमा छ । जति एमालेको क्रियाशील सदस्य छन् त्यो भन्दा धेरै कांग्रेसको पनि छ ।

    एमालेले जति समानुपातिक मत हासिल गरेको छ, कांग्रेसले त्यति नै ल्याएको पनि छ । २०७४ को निर्वाचनमा एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो ।

    कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतपरिणामअनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

    ओली यही ३३ मतका आधारमा आफ्नो पार्टीले प्रत्यक्षमा एक सय सिट जित्ने हावादारी विश्लेषण गरिरहेका छन् । जबकि कांग्रेस एक्लैको साढे ३९ लाख मतको उनले गणना नै गरेका छैनन् ।

    गत स्थानीय तहमा नेपाली कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपाले पाएको मत विश्लेषण गर्दा सत्ता गठबन्धन र एमाले–जसपा–राप्रपा गठबन्धनबीच धेरै ठूलो अन्तर देखिन्छ ।

    कांग्रेस गठबन्धनको मत र एमाले–जसपा–राप्रपाको मत विश्लेषण गर्दा एमालेका अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलबाहेक कोही पनि पदाधिकारी सुरक्षित देखिँदैनन् ।

    एमाले उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, लेखराज भट्ट, छविलाल विश्वकर्मा सबै ‘रेड जोन’ मा छन् ।

    एमाले अध्यक्ष ओली राप्रपासँगको गठबन्धनका आधारमा बलियो छन् । विष्णु पौडेलको रुपन्देही २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी षडयन्त्रपूर्वक खारेज गरिएपछि उनी चुनाव जित्नेमा ढुक्क देखिएका हुन् ।

    अरुको अवस्था भने निकै खराब छ । एमालेकै नेताहरू पदाधिकारीमा ओली र पौडेलबाहेक अरुको अहिले नै अवस्था बलियो भन्न नसकिने बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend