सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

नुवाकोट पुगेर कांग्रेस प्रवक्ता महतले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा रक्त संचार  

नुवाकोट पुगेर कांग्रेस प्रवक्ता महतले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा रक्त संचार  

  • मिडिया डबली
  • आइतवार, कार्तिक २७ २०७९

  • 2.9K
    SHARES

  • नुवाकोट पुगेर कांग्रेस प्रवक्ता महतले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा रक्त संचार  

    नुवाकोट– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग पिल गरेका छन्। 

    नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन्।

    उनले नेकपा (एमाले) लाई काम नगर्ने कुरा मात्र गर्ने पार्टीको सङ्ज्ञा पनि दिए। अर्को एक प्रसङ्गमा उनले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरुलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको पनि उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेश गरेका थिए। 

    उनले भने, ‘प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र र माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी बन्यो तर नेपाली कांग्रेसले सिद्धान्त फरक भएका पार्टीहरुलाई पनि देशको आवश्यकता ठानी सँगै लिएर हिँडेको छ, हामीले पार्टीलाई एकतामा बाधेका छौँ, त्यसैले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई नै छान्न आवश्यक छ।’ 

    यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रुपमा टिकट वितरण गरेको र अन्य दलहरुहरुको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend