काठमाडौं– रियालटी शो ‘कमेडी च्याम्पियन– २’ विजेता भरतमणि पौडेलले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गगन थापाका लागि भोट मागेका हुन् ।
पौडेलले सामाजिक संजालमा एक पोष्ट गर्दै आफ्ना लागि ताप्लेजुङबाट र काठमाडौँ ४ विशेष खास भएको भन्दै एमालेका योगेश भट्टराई र थापालाई भोट मागेका हुन् ।
उनले लेखेका छन्, ‘मेरा लागि दुई ठाउँ खास छन् । एउटा जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार योगेश भट्टराई र काठमाडौँ ४ बाट कांग्रेस उम्मेदवार गगन थापा चुनावी मैदानमा हुनुहुन्छ । म खुलेरै उहाँहरूका लागि भोट माग्दछु । किनकि उहाँहरूको काँध देशको जिम्मेवारी बोक्न सक्षम छ र हुनुपर्छ । योगेश भट्टराईलाई सूर्य चिन्हमा र गगन थापालाई रुख चिन्हमा अत्याधिक भारीमतका साथ विजय गराउन उक्त क्षेत्रका मतदाताहरुलाई आग्रह गर्दछु । यी अनुहारमा युवाहरूको भविष्य देखेको छु । आशाको दियो निभ्नु हुँदैन । विश्वास र चुनौतीका माझ इमानदारिता र निष्ठाकासाथ जिम्मेवारी लिएर नेतृत्व गर्ने भविष्यका दुई अभिभावकहरूलाई विजयको लागि शुभकामना ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।