काठमाडौं– चुनावको मुखमै एमाले ओखलढुंगाका चर्चित नेताहरू कांग्रेस प्रवेश गरेका छन् । संयुक्त गठबन्धनले आयोजना गरेको कोणसभामा एमालेका संगठित सदस्यहरू ज्ञनकुमार निरौला, देविका निरौला, निरा थापा मगरलगायत ५३ जनाले पार्टी परित्याग गरेका छन् ।
उनीहरूलाई नेपाली र्काग्रेसका केन्द्रीय सदस्य एवं ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामहरि खतिवडा, प्रदेश (क) का उम्मेदवार प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर तेजेन खनाल ९तेजेन्द्र० लगायतले कांग्रेस प्रवेश गराएको नेपाली कांग्रेस जिल्ला सदस्य हुकुम राईले जानकारी दिए ।
केही दिनयता ओखलढुंगामा एमाले छाड्नेको लर्को नै लागेको छ । कांग्रेस उम्मेदवार खतिवडाको विकास र समाजसेवाको भावनाप्रति सबै खुसी भएका छन् । त्यसैले उनलाई जिताउन विभिन्न दल परित्याग गर्नेको लहर चलेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।